सर्लाही,फागुन-३ ,  मलंगवाबाट प्रकाशि हुदै आएको सर्लाही अपडेट  दैनिक पत्रिकाकी सम्पादक  बन्दना झाले लालबन्दी-२, जुटपानी स्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रममा आश्रित वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन गराएकी छन् ।


उनलेे  आफ्नो जन्मदिनकाे अवसरमा आश्रममा आश्रति वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन गराएकी हुन ।
सदरमुकाम मलंगवा नगरपालिकामा वडा नं- ९ घर भएकि संचारकर्मी झाले आज बिहान संचारकर्मीहरुको साथमा आश्रममै  केक काटेर आश्रित  वृद्धवृद्धालाई बिहानको मिष्ठान भोजन गराई जन्मदिन मनाएको आश्रमकी अध्यक्ष एवम् व्यवस्थापक भवानी कोईरालाले जानकारी दिए।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी सदस्य समेत रहेकी झा मिडिया काउन्सिल मधेश प्रदेशकी सदस्य हुन आश्रममा आश्रति  वृद्धवृद्धाकासाथ  जन्मदिन मनाउन पाउँदा आफुलाई  निकै खुसी लागेको उनले बताइन ।