मनोज यादव/मलंगवा ,कात्तिक -२१,प्रदेश न-२ को सर्लाही जिल्लामै पहिलोपटक आयोजना भएको रियालिटी सांगीतिक प्रतियोगिता`सर्लाही आईडल नोबेल पुरस्कार २०७८´ को अडिसन आज(आइतवार)बाट सुरु भएको छ ।
प्रतियोगितामा ७० जना भन्दा बढी नयाँ तथा पुराना स्थानीय गायक गायिकाहरुले प्रतिस्पर्धा गर्ने आयाेजकले जनाएको छ ।
प्रतियोगिताको अडिसन अहिले मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी प्यालेसको सभाहलमा चलिरहेको छ ।
जिल्लामै पहिलो पटक हुन गइरहेको यस प्रतियोगिताको आयोजना बिसेस सर्लाही संस्थाले गरिरहेको छ ।प्रतियोगिहरुको मुल्यांकन सुप्रशिद्ध गायक संतोष कर्ण र गायक मंजुर आलमले गरिरहेको आयोजक संस्थाले जनाएको छ।प्रतियोगिहरुले मैथिली , भोजपुरी ,नेपाली र हिन्दी गीत गाउनुपर्ने छ ।
गायन क्षेत्रमा लागेका सर्लाही जिल्लाका गायक गायिकाहरु पहिलोपटक यस किसिमको रियालिटी प्रतियोगितामा सहभागी हुन पाउँदा निकै उत्साहित देखिएका छन् ।
कार्यक्रमको उद्घोषण सञ्चारकर्मी क्षितिज विश्वकर्माले गरिरहेका छन् ।