गृहमन्त्री बालकृष्ण खाँड ।

मलंगवा,असोज २—गृहमन्त्री बालकृष्ण खाँड बुधवार सर्लाही आउने कार्यक्रम स्थगित भएको छ । प्रतिकूल मौसमका कारण गृहमन्त्री खाँड जिल्ला आउने कार्यक्रम स्थगित भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार निरन्तरको वर्षाका कारण मौसम प्रतिकूल बनेकाले तत्कालका लागि शिलान्यास कार्यक्रम स्थगित गरिएको हो ।

अव माैसम सामान्य भएपछि मात्र भवनको शिलान्यास कार्यक्रम तय गरिने जिल्ला प्रसाशन कार्यालयको सूचनामा उल्लेख छ ।

गृहमन्त्री एवम् आफ्ना पार्टी नेता खाँड आउने कार्यक्रम स्थगित भएपछि नेपाली काँग्रेसले सदरमुकाम मलंगवामा राखेको कार्यकर्ता भेटघाट कार्यक्रम पनि स्थगित गरिएको नेपाली काँग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले जानकारी दिए । गृहमन्त्री खाँड भोली (बुधवार) सर्लाही सदरमुकाम मलंवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीको नयाँ बन्ने भवन शिलान्यासका लागि आउने कार्यक्रम रहेको थियो ।