लालबन्दी,असोज —१२ जितिया पर्वको उपलक्ष्यमा प्रदेश–२ सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देशमा जारी गर्दै प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि भोली असोज १३ गते बुधबारका बिदा दिएको उल्लेख गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री लालबाबु राउतले पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा शुभकामना व्यक्त गरेका छन् ।