प्रतिकात्मक तस्विर ।

सप्तरी,असोज, ६ —सप्तरीमाएक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा महादेवा गाउँपालिका–२ अकबरपुर निवासी रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी रहेकी छन् । उनको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।


सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी भाधव प्रसाद काफ्लेलेका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोे छ ।
मंगलवार पनि सप्तरीमा तीनजनाको डुबेर मृत्यु भएको थियो । एकदिन नबित्दै पुन:एकजना बालिकाको मृत्यु भएको छ ।