जनकपुरधाम, भाद्र —३, प्रदेश २ प्रमुखबाट पदमुक्त भएका डा. राजेश अहिराजले प्रदेश प्रमुखले पाउने राज्यको सुरक्षा सहितको सेवा सुविधा आफुले नलिने बतएका छन् । उनले त्यो सुविधा जनताको लागि हुनु पर्ने बताए ।
प्रदेश २ प्रमुख कार्यालयबाट बाहिरिनु अघि पत्रकार सम्मेलनको आयोजना गरेका डा. अहिराजले आफुले गरेका काम र कार्यसम्पादन तथा प्रदेश २ का विषयमा आफ्नो धारणा राख्दै उक्त घोषण गरेका हुन ।

उनले प्रदेश २ अभाव, अपराध र अतिवादको चपेटामा परेको बताए । प्रदेश २ मा विभेद को अन्त्यहुनु पर्ने उनको तर्क छ ।
पत्रकार सम्मेलनमा उनले शिरमा देश र मनमा मधेश राखेर आफुले संविधान अनुसार काम गरेको र अगामि दिनमा समेत विभिन्न तवरबाट प्रदेशवासीको सेवामा रहने बताए । उनि २०७७ फागुन ७ गते शुक्रवार तत्कालिन केपि शर्मा ओली नेतृत्वकाे सरकारकाे सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रदेश २ प्रमुख नियुक्त भएका थिए । उनले आफ्नो छोटो कार्यकालमा सीमा स्तम्भको निरिक्षण / निर्देशन, सडक दुर्घटनामा परेकाको उद्दार,सालिक सरसफई लगाएतका अन्य केही रचनात्मक कार्य समेत गरेका छन् ।
परिवर्तित राजनीतिक समिकरण अनुसार नेपाली कांग्रेको तर्फबाट प्रदेश नम्बर २ मा हरिशंकर मिश्रले नवनियुक्त प्रदेश प्रमुखको कार्यभार समालेका छन् । उनले मंगलवार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुखको शपथग्रहण गरेका छन् ।