प्रतिकात्मक तस्विर ।

धनुषा,जेठ २८—धनुषामा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ५ बालिकाको ज्यान गएको छ । जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो । स्थानीय हुलास यादवले खनेको ९ फिट गहिरो पोखरीमा पौडने क्रममा बालिकाहरु डुबेका हुन् ।
मृत्यु हुनेमा स्थानीय जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर,राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, र उत्तिम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली रहेका जिल्ला प्रहरी कार्यालय धनुषा जनाएको छ ।
उनिहरुको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी त्यहाँ पुगेको भए पनि उनिरुको मृत्यु भई सकेको थियो ।
बालीका मृत्युको घट्नालाई लिएर नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले सामाजीक सञ्चाल मार्फत दुःख व्यक्त गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मुखियापट्टि मुसरनिया गाउँपालिका–६ लक्ष्मीपुरमा खेतमा खनिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको खबरले आफु मर्माहत भएको सामाजीक सञ्जालका लेखेका छन् । दिवङ्गत बालिकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै निधिले घट्नाको सत्यतथ्य पत्ता लगाई कोही दोषी पाइए कानुनी कारवाही अघि बढाउन माग गरेका छन् ।