प्रतिकात्मक तस्विर ।

हरिवन, जेठ ५—सर्लाहीको हरिवनमा मंगलवार राती गाई गोठमा आगोलागी हुदा २ वटा गाई र एउटा बाछा जलेर मरेको छ । हरिवन नगरपालिका १० स्थित माधव प्रसाद घिमिरेको गाई गोठमा राती १० बजे अचानक आगोलागी भएको हो । ओगो निभाउने क्रममा उनकाे श्रीमती ४२ बर्षिया उमा घिमिरेको अनुहार र दुबै हात जलेको प्रहरिले जनाएको छ । जलेर घाईते महिलाको अहिले हरिवन स्थित नमुना अस्पतालमा उपचार भईरहेको र अवस्था मध्य रहेको छ । हरिवन नगरपालिकाको दमकल र सुरक्षाकर्मीकोे सकृयतामा पौने ११ बजे आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट अन्दाजी ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।