जिल्ला प्रशासन कार्यालय सर्लाही । तस्विर :चियाेचर्चाे खबर ।

मलंगवा, बैशाख ३०— सर्लाहीमा जेठ १० गते सम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिईने भएको छ । सर्लाही सदरमुकाम मलंगवामा बहिवार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले बैशाख २५ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको म्याद १० दिनलाई थप गर्ने निर्णय गरिएको हो ।
नयाँ भेरियन्टसहितको कोभिड महामारी फैलिइरहेको र जोखिम झनै बढ्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै कोभिड संक्रमणका रोकथाम नियन्त्रणका लागि निषेधाज्ञाको म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले चियोचर्चो खबरलाई जानकारी दिए ।


जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्रवणकुमार नायकका अनुसार सर्लाहीमा बिहिवार मध्यान्ह १२ः३० बजे सम्म एन्टिजेट र पिसिआर बिधिबाट ११ सय ३० जनाको परिक्षण गर्दा ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जनाले ज्यान गुमाई सकेका छन् । स्थितिलाई मध्यनजर गर्दै कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड संकट व्यवस्थापन समन्वय समिति ले थप सक्रियताका साथ कार्य गर्ने लगाएतका बिबिध निर्णय गरेको छ । निर्णयः—