प्रतिकात्मक तस्विर

रामनागर,फागुन २४ – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकामा आईतबार राती आगलागी हुदा गोठ जल्नुकासाथै गोठमा बाँधेर राखेको गाई समेत जलेर मरेको छ ।
रामनगर गाउँपालिका–१, खैर्बाका बिश्व नाथ झाको गोठमा लामाखुट्टे धपाउन बालेको घुरबाट आगो सल्कीदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएकोे छ । आगलागीबाट गोठमा रहेको एउटा गाई समेत जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिए ।गोठ र गाई गरी एक लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । राती पौने १० बजे सूरु भएको आगलागी स्थानीय बासिन्दा,नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पौने १२ बजे नियन्त्रणमा लिईएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।