सर्लाही, फागुन २१ — गाउँपालिकाको केन्द्र सार्न खोजिएपछि शुक्रवार सर्लाहीको चन्द्रनगरमा तनाव उत्पन्न भएको छ । वडा नं. ६ र ७ को बिच भागमा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र गाउँपालिका अध्यक्षको गाउँमा वडा नं. २ बबरगञ्जमा सार्न खोजिएको भन्दै स्थानिय आक्रोशित भएका हुन ।
आक्रोशित स्थानिय र प्रहरीबिच सामान्य झडप समेत भएको छ ,। झडपका का क्रममा केही स्थानीय घाईते भएका छन् । आक्रोशित स्थानियले गाउँपालिका अध्यक्ष महतोको का स्वकिय सचिब रामकैलास साहलाई हातपात गरेका छन् । प्रहरीले तनावको स्थितिलाई सामान्य बनाउन एक दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ ।
आक्रोशित भिडले अध्यक्ष महतोका स्वकिय सचिब रामकैलास साहमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रमा लिन अश्रुग्याँस चलाउनु परेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
प्रहरी उपरीक्षक राठौरका अनुसार नेपाल प्रहरीको तर्फबाट १० तथा सशस्त्र प्रहरीको तर्फबाट ३ सेल अश्रुग्याँस प्रहार भएको छ । अहिले घटनास्थलको अवस्थामा सामान्य बनिसकेको छ ।’ प्रहरी उपरीक्षक राठौरले स्वकिय सचिब साहलाई सुरक्षाका लागि मलंगवा ल्याईएको लगिएको चियोचर्चो खबरलाई जानकारी दिए । गाउँलेको ढुंगा प्रहारबाट प्रहरीको दुईवटा ढाल फुटेको छ भने ४ जना प्रहरी सामान्य घाईते भएका छन् । त्यस्तै प्रहरीको लाठीचार्ज एवं अश्रुग्याँस प्रहारबाट डेढ दर्जन बढी प्रदर्शनकारी सामान्य घाईते भएको स्थानीयको भनाई छ ।

केही समय असहज स्थिति सिर्जना भए पनि अहिले भने अवस्था सामान्य बनिसकेको सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।
गाउँपालिकाको केन्द्र सार्न खोजिएको बबरगञ्ज गाउँ गाउँपालिका अध्यक्ष महेन्द्र महतो महतो र उहाँका दाई जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोको गृह गाउँ पनि हो ।
गाउँपालिकाको केन्द्र अहिलेकै स्थानमा रहनु पर्ने मागसहित वडा नं. ६ र ७ का स्थानीय वासिन्दासँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले अहिलेसम्म गाउँ सभाबाट केन्द्र सार्ने निर्णय नभएको र गाउँ सभाबाट बहुमतले निर्णय भए सर्न पनि सक्ने बताए । उनका अनुसार अहिलेसम्म गाउँपालिकाको केन्द्र सार्ने पक्षमै बहुमत रहेको छ ।
स्थानीय वासिन्दाले बबरगञ्जमा गाउँपालिकाको भवननै नभएपनि केन्द्र सार्न केही दिनदेखि रातारात कागजात ओसार्ने काम भएको स्थानीय वासिन्दाले दावी गरेका छन् । केन्द्र सार्नेबारे निर्णय गर्न भोली बबरगञ्जस्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा गाउँपालिकाको विशेष गाउँ सभा बोलाइएको छ ।