प्रेस विज्ञप्ति पढेर सुनाउदै स‌याेजक बिना नेपाल

हरिवन,फागुन २०—नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सर्लाहीले फागुन २४ गते परेको १११ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।
संघले बिहिवार (आज) हरिवनमा पत्रकार सम्मेलन गरी एक सातासम्म विभिन्न कार्यक्रम गरेर ८ मार्च अर्थात फागुन २४ गते परेको अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाउने निर्णय भएको जानकारी गराएको हो ।
जसअनुसार भोली २१ गते सर्लाहीका सबै पालिकाहरुमा सरसफाई गर्ने, २२ गते महिला हिंसा, बलात्कार र अन्य हत्याजस्ता अपराधहरुबारे सरोकारवालाबीच अन्तक्र्रिया गर्ने, फागुन २३ गते जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र विभिन्न सामाजिक परिवर्तनमा सहादत प्राप्त परिवारका महिलाहरुलाई सम्मान गर्ने उल्लेख छ ।
यसैगरी २४ गते स्थानीय पालिकाहरुले मनाउने महिला दिवसमा सक्रिय सहभागिता जनाउने, २५ गते जिल्लाका सबै पालिकाका उपमेयरहरुसँग अन्तक्र्रिया गर्ने र अन्तिम दिन २६ गते जिल्लाका सबै स्थानीय तहहरुमा संगठन निर्माण र सुदृढिकरण अभियान सुरु गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष रेवती पन्त, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, नेता चूडामणि वाग्ले, संघकी जिल्ला संयोजक बिवा नेपाल,जिल्ला इन्चार्ज सावित्रा वुढाथोकी, हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले, नेतृ विनिता दाहाल, रन्जना सरकार, मीरा कार्कीलगायतको उपस्थिति थियो ।