गोडैता, फागुन २२ – सर्लाहीको गोडैता नगरपालिकामा शनिबार बहुजन समाज परिषद् नेपालको नगर समिति चयन भएको छ ।
सुबलाल राम अध्यक्ष रहने गरी ३९ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा वीरेन्द्र पासवान, सकेन्द्र राम, राघबेन्द्र बैठा उपाध्यक्ष, विगन राम सचिव, कौशिल्या देवी पासवान कोषाध्यक्ष लगायत छन् । गोडैता नगरपालिकाको १२ वटा वडालाई समेटेर समिति चयन गरिएको जनाइएको छ । भेलालाई परिषद्का राष्ट्रिय अध्यक्ष हरिनन्द कुमार रन्जन, राष्ट्रिय प्रभारी राजाराम पासवान, जिल्ला अध्यक्ष सुवोध पासवान लगायतले सम्वोधन गरेका थिए ।