चियोचर्चो खबर

हरिवन, माघ २७ – सर्लाहीको हरिवनमा माघ ३० गते एकदिने वृहद् साँस्कृतिक महोत्सव हुने भएको छ । तामाङ समुदायको नयाँ वर्ष अर्थात २८५७ औं लाङ(म्हे) सोनाम ल्होछार पर्वको अवसरमा वृहद् साँस्कृतिक महोत्सव हुने आयोजक हरिवन तामाङ समूहले जनाएको छ ।
सोमबार साँझ हरिवनको सुखेपोखरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका जोनिस पाख्रिनले महोत्सवका दिन बोलाउने राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको बारेमा तय भईसकेको बताए ।
यस वर्ष महोत्सवमा नि—शुल्क प्रवेशका पाईने आयोजकले जनाएका छन् । महोत्सव आयोजना गर्नका लागि साँढे चार लाख रुपैंया लाग्ने अनुमान गरिएको उल्लेख गर्दैै आयोजकाले हरिवन नगरपालिका कार्यालयसँग प्रस्तावना पत्र पेश गरिएको र नगरपालिका कार्यालयबाट यथाशक्य आर्थिक सहयोग हुने विश्वास व्यक्तगरे ।
महोत्सवमा चर्चित र्यापर समिर घिसिङ (भिटेन) आउने आयोजक तामाङ समूहका संयोजक श्याम मोक्तानले जाानकारी दिए । त्यस्तै महोत्सवममा संगितकार एवं गायक विशाल काल्तेनको पनि प्रस्तुती रहने बताईएको छ ।


हरिवनको सूर्तिविकास चौरमा हुने महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती सहित तामाङ समुदायको झाँकी प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रम बिहान ११ बजेदेखि दिनभर हुने बताईएको छ । किरण थिङ सचिब र ताराकुमारी घलान कोषाध्यक्ष रहेको आयोजक हरिवन तामाङ समूहका अनुसार महोत्सवका दिन तामाङ समूदायको झाँकी सहित लामाहरुले नाँच्ने बाक्पा नृत्य समेत प्रस्तुत गरिने छ ।
त्यस्तै माघ २९ गते दनेखी फागुन १ गते सम्म (तीनदिन) सोनाम ल्होछारको अवसरमा सार्बजनिक बिदा दिनका लागि हरिवन नगरपालिका कार्यालयसँग नेपाल तामाङ घेदुङ हरिवन नगर समितिले समन्वय गरिरहेको संचारकर्मी समेत रहेका नेपाल तामाङ पत्रकार समूहका अध्यक्ष राजु लो ले बताए ।
ल्हो, अर्थात् वर्षहरु बाह्रवटा हुन्छने र ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको र मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिने गर्दछ । यस बर्ष पनि मुसा,वर्षलाई बिदा गरेर गाई, वर्षलाई स्वागत गरिने बताईएको छ । तामाङ समुदायले बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिएको पाईन्छ । ल्होछार पर्वका दिन तामाङ समुदायले आफ्ना चेलिबेटीलाई बोलाउने र कन्दमुल लगायत खाना खुवाउँदै नयाँ वस्त्र पहिर्याएर टिका लगाई दिने बताईएको छ ।