मलंगवा –  संसद् विघटन विरुद्ध नेपाली कांग्रेसले सर्लाहीका २० वटै पालिकामा शनिवार विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाका २० वटै पालिकामा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेस  सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिए ।

 जिल्ला सभापति राय कौडेना गाउँपालिकामा सहभागि भएका थिए । जिल्लाका नेताहरु जुन जुन पालिकामा बस्ने हो सोही पालिकाको विरोध प्रदर्शनमा सहभागि भएको सभापति रायले जानकारी दिए ।